कुमालेलाई दीर्घ साधना सम्मान
Date : Apr 20, 2022
ललितपुर । विश्व सम्पदा दिवस २०२२ को अवसर पारेर क्रोधकला शिरोमणि कालु कुमालेलाई ‘दीर्घ साधना सम्मान’ बाट सम्मानित गरिएको छ । नेपाल सम्पदा संघले एक कार्यक्रमको आयोजना गरी परम्परागत मूर्तिकलाको माध्यमबाट नेपाली संस्कृति र सम्पदाको विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै कुमालेलाई सम्मान गरिएको हो । संंस्कृतिविद् हरिराम जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कुमालेसँगै सम्पदा संरक्षणमा सहयोग गरेबापत बैंकर हिमालय शमशेर राणालाई पनि सोही सम्मान गरियो । उक्त कार्यक्रममा संस्कृतिविद् जोशीले नेपाली परम्परागत मूर्तिकलाका क्षेत्रमा कुमालले अतुलनीय योगदान दिएको बताए । उनले भने, ‘नेपाली संस्कृति र सम्पदाको जगेर्नामा क्रोधकला शिरोमणि कालु कुमालेको ठुलो योगदान रहेको छ । उहाँलाई सम्मान गर्न पाउँदा मलाई धेरै खुसी लागेको छ । उहाँलाई कलामार्फत विश्वजगतमा राष्ट्रलाई चिनाउने एक जीवित सम्पदाको रुपमा मैले लिएको छु । ९० वर्षको उमेरमा पनि जोश र जाँगरका साथ मूर्तिकलामा उहाँ निरन्तर लागिरहेको सुन्दा म पनि उहाँलाई सम्मान गर्न चाहन्छु ।’
सम्मान ग्रहणपश्चात् कार्यक्रममा बोल्दै क्रोधकला शिरोमणि कुमालेले सम्मानले आफूलाई कलाक्षेत्रमा लागिरहन निकै अभिप्रेरित गरेको बताए । उनले भने, ‘मलाई आज यो सम्मानले मूर्तिकलामा लागिरहन थप ऊर्जा मिलेको छ । म धेरै बोल्दिन काम गर्न मै मेरो धेरै समय बित्छ । कार्यक्रम आयोजकलाई धेरै धेरै धन्यवाद ।’ नेपाल सम्पदा संघकी अध्यक्ष अम्बिका श्रेष्ठले सम्पदा पहिचान भएकाले यसको संरक्षणमा सबैले ध्यान दिएर काम गर्नुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘सम्पदा हाम्रो पहिचान हो । सम्पदाविना हामी बाँच्ने कल्पना पनि गर्न सक्दैनौं । त्यसैले संस्कृति र सम्पदालाई माया र जगेर्ना गरौंं भन्न चाहन्छु ।’ विश्वका विभिन्न देशमा रहेका सम्पदाहरुको बारेमा नयाँ पुस्तालाई जानकारी गराई तिनको संंरक्षण र संवद्र्धनका लागि भन्दै संयुक्त राष्ट्र संघले सन् १९८२ पछि हरेक वर्षको अप्रिल १८ लाई वल्र्ड हेरिटेज डे अर्थात विश्व सम्पदा दिवसको रुपमा मनाउँदै आएको छ । यस वर्षको नारा भने ‘सम्पदा र जलवायु संरक्षणका लागि खुल्ला, रचनात्मक र अन्तरपुस्ता संवाद’ रहेको छ ।
कुमालेसँग अन्तक्र्रिया यसैबीच, नोबेल एकेडेमीमा ललितकला विषय अध्ययन गरिरहेका विद्यार्थीले क्रोधकला शिरोमणि कुमालेसँग मंगलबार साक्षात्कार तथा अन्तत्र्रिmया गरेका छन् । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ रमेश खनाल, क्रोधकला शिरोमणि फाउन्डेसनका अध्यक्ष राकेश अवाले र नोबेल एकेडेमीका अध्यापक विपिनलाल श्रेष्ठले नेपाली कलामा कुमालेको योगदानको चर्चा गरे । उक्त अवसरमा फाउन्डेसनका अध्यक्ष राकेश अवालले समाज र देशका लागि कुमालेले विशिष्ट योगदान दिएको बताए । उनले नेपाली परम्परागत मौलिक मूर्तिकलामा कुमालेले सात दशकभन्दा लामो समयदेखि निरन्तर काम गर्दै आएको सुनाए ।
उनले भने, ‘कुमालेको बाल्यकालको संस्मरणलार्ई अहिले आएर नयाँ पुस्तामाझ पुनर्ताजगी गराउँन पाउँदा खुसी लागेको छ । यस कार्यक्रमले पुराना र नयाँ पुस्तालाई एक ठाउँमा जोड्ने र कलालाई पुस्तान्तरण गर्ने एउटा मौकाको रुपमा लिएको छु ।’ नोबेल एकेडेमीका अध्यापक विपिनलाल श्रेष्ठले कुमालेका बारेमा धेरै सुनेको भएता पनि प्रत्यक्ष रुपमा भेट्न पाउँँदा अनौठो अनुभूति भएको बताए । उनले भने, ‘नेपाली कलाक्षेत्रका मूधन्र्य व्यक्तित्वका बारेमा पाठ्यक्रम राखेर अध्ययन, अध्यापन गरिनुपर्दछ । कार्यक्रममा ९० वर्षीय क्रोधकला शिरोमणि कुमालेले आफूले बाल्यकालमा बनाएका पशुपंक्षीका आकृतिलाई विद्यार्थीमाझ संस्मरण गरी बनाएर देखाएका थिए ।